धनुषा १ः उम्मेदवारी खारेज प्रकरणमा सर्वोच्च अदालतले माग्यो उम्मेदवारी खारेजीको फाईल
यसैबीच अदालतले निर्वाचन आयोगले निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धमा गरेको निर्णयसहितको सम्पूर्ण फाइल अदालतमा पेश गर्न पनि निर्देशन दिएको छ। आयोगले गरेको उक्त निर्णयसम्बन्धी कागजात र विवरण प्राथमिकताका साथ अदालतमा बुझाउन भनिएको आदेशमा उल्लेख छ।

२०८२ फागुन २५ सोमबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा निर्वाचन आयोग नेपालसँग लिखित जवाफ माग गरेको छ।
माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षसँग कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
किशोरी साह कमलले दायर गरेको रिटमा निर्वाचन आयोगसहितका निकायलाई विपक्षी बनाइएको छ। अदालतले निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता दिपेन्द्र झाले प्रस्तुत गरेको बहस सुनेपछि मुद्दाको प्रकृतिबारे स्पष्टीकरण आवश्यक देखिएको भन्दै विपक्षीहरूलाई सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
अदालतले रिट निवेदनमा माग गरिएको अन्तरिम आदेशबारे पनि प्रारम्भिक रूपमा विचार गरेको थियो। तर, विषयको संवेदनशीलता तथा सम्बन्धित निकायको धारणा सुन्न आवश्यक देखिएकाले तत्काल अन्तरिम आदेश जारी नगरी दुवै पक्षको कुरा सुनेपछि निर्णय गर्ने उल्लेख गरेको छ।
यसैबीच अदालतले निर्वाचन आयोगले निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धमा गरेको निर्णयसहितको सम्पूर्ण फाइल अदालतमा पेश गर्न पनि निर्देशन दिएको छ। आयोगले गरेको उक्त निर्णयसम्बन्धी कागजात र विवरण प्राथमिकताका साथ अदालतमा बुझाउन भनिएको आदेशमा उल्लेख छ।
उक्त मुद्दाको थप सुनुवाइ दुवै पक्षबाट लिखित जवाफ प्राप्त भएपछि अघि बढ्नेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…