अपमान प्रकरणः दुर्गा प्रसाइँलाई कारबाही र गगन थापाले माफी माग्नुपर्ने माग सहित दूतावासमा ज्ञापनपत्र
न्यूज ब्यूरो | जनकपुरधाम, १४ साउन । मेडिकल शिक्षा पढ्न बंगलादेश जाने नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका झापाको बी एन्ड सी अस्पतालका संचालक दुर्गा प्रसाइँलाई कारबाहीको माग गर्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुले नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । बंगलादेशमा अध्ययनरत् नेपाली

२०७५ साउन १४ सोमबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १४ साउन । मेडिकल शिक्षा पढ्न बंगलादेश जाने नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका झापाको बी एन्ड सी अस्पतालका संचालक दुर्गा प्रसाइँलाई कारबाहीको माग गर्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुले नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।
बंगलादेशमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको संघले सोमबार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै प्रसाइँलाई कारबाही नभए आफुहरु यस विरुद्ध कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।
बंगलादेश जाने छात्राहरुको कलेजका प्राध्यापकहरुले नै शारीरिक शोषण गर्ने गरेको दाबी प्रसाइँले गरेका थिए ।
यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत गलत अभिव्यक्ति दिएको भन्दै उनीहरुले थापाले पनि माफी माग्नुपर्ने माग गरेका छन् ।
उनीहरुले यही साउन १७ गते बंगलादेशको ढाकामा सांकेतिक विरोध गर्ने र १८ गते दूतावासअगाडि धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।
बंगालादेश जाने छात्राहरुप्रति विवादस्पद अभिव्यक्ति दिएका कारण कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा नै दिनुपरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…