सरकारी नोकरीका लागि सब–इन्जिनियर यादवको हत्या, योजनाकार प्रतिस्पर्धी महतो पक्राउ
घटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ गरिएको थियो।

२०८२ फागुन १५ शुक्रबार, बेलुकी ५:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । केही दिन अगाडी सर्लाहीमा भएको ईन्जिनीयर हत्या काण्डमा उनकै लिस्टका वैकल्पिक उम्मेदवार रहेको खुलेको छ । मलंगवा नगरपालिका–१० का सब–इन्जिनियर प्रमोद कुमार यादवको गत फागुन ३ गते साँझ गोली प्रहारबाट हत्या प्रकरणमा नयाँ खुलासा भएको छ ।
प्रहरी अनुसन्धानले प्रमुख योजनाकार गणेश महतो रहेको पत्ता लगाएको छ, जो लोकसेवा आयोगको परीक्षामा प्रमोद यादवका प्रतिस्पर्धी थिए। उनको वैकल्पिकमा नाम रहेकोले उनलाई हटाएर नोकरी खाने योजना रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सरोज राईका अनुसार, ‘आरोपी महतोले वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका यादवको सिटमा जागिर पाउन हत्या योजना बनाएका थिए।’
घटनामा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमाबाट पक्राउ गरिएको थियो।
पक्राउ परेकाहरूमाथि अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान जारी छ। प्रहरीले घटनाको सम्पूर्ण विवरण उजागर गर्दै दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्ने बताएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…