सिरहामा ट्रिपरले ११ हजार भोल्टको तार छुँदा चालकको मृत्यू, ट्रिपर पनि जले
करेन्टका कारण गाडीबाट आफै हुत्तिर गाडीतल झरेका साहलाई बेहोसीकै अवस्थाका तत्काल स्थानीय अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगिएको छ।

२०८२ फागुन १५ शुक्रबार, दिउँसो १२:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आफैले चलाएको ट्रिपरमा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका २ गुरुधाका करिव ४० वर्षिय सन्तोष साहले चलाएको ट्रिपरमा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको हो।
ट्रिपरको पछिल्लो भाग उठाएर घुमाउने क्रममा ११ हजार फोल्डको विद्युतिय तारमा ठोकिन पुगेपछि करेन्ट लागेको स्थानीयले बताएको छ। ट्रिपर सफा गरेर टोलिमा जम्मा भएको पानी बगाउन हाइटोलीक मार्फत उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा कोकिन पुग्दा करेन्ट लागेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधान केसीले जानकारी दिए।
विद्युतिय करेन्ट लागेर गाडीको केही भागमा आगलागीसमेत भएको प्रहरीले जानकारी दिए।
करेन्टका कारण गाडीबाट आफै हुत्तिर गाडीतल झरेका साहलाई बेहोसीकै अवस्थाका तत्काल स्थानीय अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…