जनकपुरमा महिला ट्राफिक प्रहरीलाई ट्रिपरले ठक्कर दिएपछि मृत्यू
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको भए पनि व्यवहारमा दैनिक रूपमा टिपर सञ्चालन हुँदै आएको स्थानीयले बताएका छन्। अत्यधिक ह्यावी क्षमताका भारत बेन्ञ्ज टिपरमा अगाडिको करिब ७ फिट क्षेत्रसम्म चालकको दृष्टि नपुग्ने ९ब्लाइन्ड स्पट० समस्या रहने भएकाले यस्ता सवारी संलग्न दुर्घटना बढ्दै गएको बताइन्छ।

२०८२ फागुन ११ सोमबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको विश्वकर्मा चोकमा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी, बर्दिबासमा कार्यरत २६ वर्षीया चन्द्र कला कुमारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आज दिउँसो करिब २ः३० बजे प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार ट्राफिक प्रहरी गम्भीर घाइते भएकी थिइन्।
घाइतेलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम मा उपचारका लागि पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको भए पनि व्यवहारमा दैनिक रूपमा टिपर सञ्चालन हुँदै आएको स्थानीयले बताएका छन्। अत्यधिक ह्यावी क्षमताका भारत बेन्ञ्ज टिपरमा अगाडिको करिब ७ फिट क्षेत्रसम्म चालकको दृष्टि नपुग्ने ९ब्लाइन्ड स्पट० समस्या रहने भएकाले यस्ता सवारी संलग्न दुर्घटना बढ्दै गएको बताइन्छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…