वीरगँजमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त !
हाल श्रीपुर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन स्थानीयलाई संयम अपनाउन प्रशासनले आग्रह गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

२०८२ फागुन १० आइतबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्ज महानगरपालिका–स्थित श्रीपुर क्षेत्रमा आइतबार साँझ दुई समुदायबीच उत्पन्न विवादपछि अवस्था तनावग्रस्त बनेको छ।
स्थानीयका अनुसार आइतबार साँझ केही युवाबीच सामान्य भनाभनबाट सुरु भएको विवाद कुटपिटसम्म पुगेपछि स्थिति चर्किएको हो। सोही घटनालाई लिएर एउटै टोलमा बसोबास गर्दै आएका दुई समुदायबीच आपसी अविश्वास बढ्दै गएपछि दुवै पक्षबीच तनाव सिर्जना भएको थियो।
स्थिति नियन्त्रण बाहिर जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो संख्यामा परिचालन गरिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा गस्ती बढाउनुका साथै सम्भावित झडप रोक्न प्रयास जारी राखेका छन्।
घटनाक्रमका क्रममा एक समूहले प्रहरीको घेरा तोडेर अर्को समुदायतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो। त्यसपछि अवस्था आंशिक रूपमा नियन्त्रणमा आए पनि क्षेत्रको वातावरण अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।
हाल श्रीपुर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन स्थानीयलाई संयम अपनाउन प्रशासनले आग्रह गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…