रौतहट घटनामा केन्द्रीय सुरक्षा संयन्त्रको हाई अलर्ट, स्थिति नियन्त्रण गर्न कर्फ्यू लगाइयो
‘रौतहटको घटनालाई लिएर सबैलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’

२०८२ फागुन ९ शनिबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा दुई समुदायबीच भएको विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
सुरक्षा निकायका चारवटै प्रमुख सहभागी बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ। गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले बैठकले रौतहटको अवस्था नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको जानकारी दिए।
‘रौतहटको घटनालाई लिएर सबैलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’
बैठकले घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि उनले बताए।
यसैबीच, जिल्लाको अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।
दुई समूहबीच बिहीबार राति भएको झडपपछि रौतहटमा सुरक्षा सतर्कता बढाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…