रास्वपा (घण्टी) की मधेश प्रदेश सँस्थापक शर्माले छाडिन पार्टी, टिकट वितरणमा बेइमानीको आरोप
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उनले उल्लेख गरेकी छन् । ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बसिरहन म असमर्थ छु । त्यसैले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

२०८२ फागुन ६ बुधबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।
हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएकी छन् ।
बुधबार जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन् । ती कारणले आफूले पार्टीमा बसिरहन नसकेको उनको भनाइ छ ।
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उनले उल्लेख गरेकी छन् । ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बसिरहन म असमर्थ छु । त्यसैले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी छोडेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…