जाँतो चलाउन छाडेर धनुषा ३ का उम्मेदवार राजीव झा घण्टी डोलाउने, मनिषलाई समर्थन
रास्वपाका मधेश प्रदेश आरएटी विभागका प्रमुख अम्भु प्रसाद साहले बुधवार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी समर्थन गर्ने कार्यक्रम रहेको बताएका छन् । ‘जाँतो छापका उम्मेदवार राजीव झाले समर्थन गरेको सार्वजनिक गर्न संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ’ उनले यसले रास्वपाका उम्मेदवारको पक्षमा जनलहर आउने छ ।

२०८२ माघ २८ बुधबार, बिहान ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार राजीव झाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झालाई सघाउने भएको छ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका राजीव झाले रास्वपालाई समर्थन दिने बताइएको छ । झाका सहयोगी रहेका कृष्णा साहका अनुसार झाले झालाई समर्थन गर्ने तय भएको हो । राजीव झाले समेत यसलाई पुष्टि गरेका छन् ।
जाँतो छापबाट प्रचार प्रसार तीव्र बनाएका राजीव झाले घण्टीलाई समर्थन दिएको हो । राजीव झाले घण्टीलाई समर्थन दिएको पुष्टि गरे । यता, सोही पार्टीका महामन्त्री अनिल कुमार महासेठले जनाए अनुसार पार्टीगत रुपमा रास्वपासित कुनै सहमति भएको छैन । तर, झाले भने आफैँ घण्टीलाई समर्थन गरेको पुष्टि गरे । न्यूजब्यूरोसँगको कुराकानीमा उनले घण्टीमा प्रवेशको तयारी रहेको बताए ।
उनले भने, –“पहिलो पटक देशको प्रधानमन्त्री मधेशी बन्दैछ, यसमा म किन बाधक बन्ने ? हाम्रो पार्टीको केन्द्रस्तरीय नेताहरुले अन्यलाई समर्थन जनाउन थालेका गोप्य जानकारी पाएपछि मैले धनुषा ३ मा मनिष झालाई सघाउने निर्णय गरेको छु ।”
रकम लिएर रास्वपालाई सघाउन लागेको आरोप लगाउन सक्ने भन्दै उनले पार्टी प्रवेश नै गर्ने बताए । आज एक कार्यक्रमबीच पार्टी प्रवेश गर्ने तयारी गरिएको हो ।
केही दिन अघि मात्र उनले नेतृत्व गरेको रामुपा धनुषाका अधिकांश नेताहरुले पार्टी परित्याग गरेका थिए । रामुपा परित्याग गरेका नेताहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरिसकेका छन् ।
रास्वपाका मधेश प्रदेश आरएटी विभागका प्रमुख अम्भु प्रसाद साहले बुधवार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी समर्थन गर्ने कार्यक्रम रहेको बताएका छन् । ‘जाँतो छापका उम्मेदवार राजीव झाले समर्थन गरेको सार्वजनिक गर्न संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ’ उनले यसले रास्वपाका उम्मेदवारको पक्षमा जनलहर आउने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…