नेपाली खेलाडी आईपीएल खेल्न सक्षम छन् : कप्तान रोहित पौडेल

२०८२ माघ २८ मंगलबार
बेलुकी ६:५० बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं | नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रदर्शन र योग्यताका आधारमा नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्षम भइसकेको दाबी गरेका छन्।

मंगलबार मुम्बईस्थित वानखेडे स्टेडियममा रहेको बालासाहेब स्टेडियमको प्रेस रुममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निकट भविष्यमा केही नेपाली खेलाडी आईपीएलका लागि चयन हुने विश्वास व्यक्त गरे।

ट्वान्टी–ट्वान्टी विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलको एक दिनअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, “मलाई लाग्छ, अब केही नेपाली खेलाडी आईपीएलका लागि चयन हुनेछन्।” उनका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीको प्रदर्शनले सबैको ध्यान तानेको छ।

इंग्ल्यान्डविरुद्धको पछिल्लो खेलमा नेपालको सानदार प्रदर्शनपछि नेपाली टिम विश्व क्रिकेटको केन्द्रमा आएको उनले बताए। “दुई वर्षअघि विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध हामी जितको निकै नजिक थियौं। अहिले इंग्ल्यान्डविरुद्ध पनि उस्तै स्थिति रह्यो,” उनले भने, “यी दुवै खेलले विश्व क्रिकेटमा नेपाली क्रिकेटको साख बढाउन मद्दत गरेको छ।”

तर, उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटले अपेक्षाअनुसार अवसर नपाएको गुनासो पनि गरे। पछिल्लो विश्वकपयता नेपालले वेस्ट इन्डिजविरुद्ध मात्र टेस्ट टिमसँग खेल्ने मौका पाएको स्मरण गराउँदै पौडेलले थपे, “त्यो नै टेस्ट टिमविरुद्धको एक मात्र सिरिज रह्यो।”

उनले नेपालले आगामी दिनमा बढीभन्दा बढी अवसर पाउनुपर्ने आवश्यकता औंल्याए। “हामी के चाहन्छौं भने अब धेरै होइन, कम्तीमा पनि प्रत्येक वर्ष केही सिरिज टेस्ट टिमविरुद्ध खेल्ने अवसर मिलोस्,” कप्तान पौडेलले भने।

  • 11%
  • 33%
  • 11%
  • 11%
  • 11%
  • 11%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ माघ २८ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus