अपमान प्रकरण : बँगलादेशमा रहेका नेपाली विद्यार्थीहरु राजदुतसँग छलफल गरे
न्यूज ब्यूरो | बँगलादेश, ११ साउन । बँगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरुले आज राजदुतसँग भेट गर्दै विभिन्न छलफल गरेका छन् । शुक्रवार बँगलादेशको ढाका स्थित रहेको नेपाली दुतावासका राजदुत चोप लाल भुसालसँग बँगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको छाता सँगठन नेप्लीज स्टुडेन्टस एशोसिएन बँगलादेश

२०७५ साउन ११ शुक्रबार, राति ८:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
बँगलादेश, ११ साउन । बँगलादेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरुले आज राजदुतसँग भेट गर्दै विभिन्न छलफल गरेका छन् ।
शुक्रवार बँगलादेशको ढाका स्थित रहेको नेपाली दुतावासका राजदुत चोप लाल भुसालसँग बँगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको छाता सँगठन नेप्लीज स्टुडेन्टस एशोसिएन बँगलादेशको नेतृत्वमा बँगलादेशको ढाकामा रहेको विभिन्न कलेज, युनिभर्सीटीमा अध्ययनरत विद्यार्थीहरुलाई पछिल्लो गतिविधिको बारेमा जानकारी गराइएको थियो ।
पछिल्लो समयमा पूर्व कानुनमन्त्री शेरबहादुर तामाँग र झापा स्थित रहेको बि एण्ड सी मेडिकल कलेजका सँचालक दुर्गा प्रसाईले बँगलादेशमा अध्ययनरत नेपाली चेलीहरु आफ्नो अस्मिता बेचेर सर्टिफिकेट लिने गरेको अभद्र टिप्पणी गरेपछि विद्यार्थीका अभिभावक तथा विद्यार्थी उपर परेको नाकारात्मक प्रभावको बारेमा समेत छलफल गरिएको थियो ।
साथै, यस्ता टिप्पणी उपर ध्यान नदिन तथा यसलाई जवाफ दिन समेत एशोसिएसनले ध्यानाकषर्एण गराएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…