रहेनन हँसपुर नगरपालिकाका मेयर यादब, ब्रेन हेम्बरेजपछि असमायिक निधन
मेयर यादव स्थानीय तहको विकास, सुशासन र जनसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका थिए। नगरपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उनले थालेका विभिन्न पहलहरू स्थानीयवासीबीच प्रशंसित थिए। उनको असामयिक निधनले नगरपालिकाले एक अनुभवी र जनप्रिय नेतृत्व गुमाएको प्रतिक्रिया स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।

२०८२ माघ २६ सोमबार, राति ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा हँसपुर नगरपालिकाका मेयर प्रदीप यादवको ब्रेन हेम्बरेजका कारण असामयिक निधन भएको छ। अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जानकारी अनुसार मेयर यादवलाई शुक्रबार अचानक ब्रेन हेम्बरेज भएपछि तत्काल अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन नसकी अन्ततः निधन भएको हो। उनको निधनको खबर फैलिएसँगै उनका समर्थक, शुभचिन्तक, नातेदार तथा राजनीतिज्ञहरुमा शोक छाएको छ ।
नेपाली काँग्रेस पार्टीबाट २०७९ को चुनावमा निर्वाचित भएका मेयर यादवको शुक्रबार अचानक स्ट्रोक भई ब्रेन हेम्बरेज भएको थियो । उनलाई तत्कालै उपचारको लागि जनकपुर भर्ना गरिएको थियो । अस्ट्रेलियाबाट आएका एक चिकित्कसले उनको उपचार गरेको थियो । जनकपुरमै नाजुक अवस्थामा रहेका यादवलाई हेलिकप्टर मार्फत काठमान्डौँ रिफर गरिएको थियो ।
शुक्रबार दिउँसो नै काठमान्डौँस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
नेपाली काँग्रेसका प्रदेश कोषाध्यष समेत रहेका यादवको निधनप्रति नेताहरु दुःख प्रकट गरेका छन् । विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले समाजिक सँजालमा दुःख व्यक्त गरेका छन् ।
मेयर यादव स्थानीय तहको विकास, सुशासन र जनसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका थिए। नगरपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उनले थालेका विभिन्न पहलहरू स्थानीयवासीबीच प्रशंसित थिए। उनको असामयिक निधनले नगरपालिकाले एक अनुभवी र जनप्रिय नेतृत्व गुमाएको प्रतिक्रिया स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन्।
मेयर यादवको निधनप्रति राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्। विभिन्न स्थानबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्देशहरू आइरहेका छन्।
उनको अन्त्येष्टि तथा शोक सभाको कार्यक्रमबारे परिवार तथा नगरपालिकाले आवश्यक जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ। मेयर यादवको निधनले सिर्जना गरेको रिक्तता तत्काल पूरा हुन नसक्ने भन्दै स्थानीय तहमा शोकको वातावरण छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…