बालाजी उद्योगले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दै , पानीमा भेटायो "किरा" !
न्यूज ब्यूरो | जनकपुरधाम, ११ साउन । पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईँमा पार्ने गर्दछन् । तर त्यो बोतलको पानी पिउनकोलागि कत्तिको स्वच्छ छ भन्ने कुरामा भने आम उपभोक्ता त्यति चनाखो भएको पाइँदैन । यसरी पिउनकोलागि सजिलो र स्वस्थकर मा

२०७५ साउन ११ शुक्रबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ११ साउन । पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईँमा पार्ने गर्दछन् ।
तर त्यो बोतलको पानी पिउनकोलागि कत्तिको स्वच्छ छ भन्ने कुरामा भने आम उपभोक्ता त्यति चनाखो भएको पाइँदैन । यसरी पिउनकोलागि सजिलो र स्वस्थकर मानिने बोतलको पानीमा नै किरा पाइएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका अन्तर्गत ठेरा–९ स्थित बालाजी ड्रिङकिङ वाटर उद्योगले उत्पादन गरेको सिया नामक मिनिरल वाटरको एक बोतलमा किरा भेटिएको छ ।
बिहीबार स्थानीय रामचोकमा रहेको हंसराज मिठाई पसलबाट खरिद गरिएको सिलबन्दी बोतलभित्रको पानीमा एक उपभोक्ताले किरा भेटेपछि निकै हल्लाखल्ला भएको छ ।
दैनिक हजारभन्दा बढी बोतल तथा जारहरू उत्पादन हुँदै आएको उक्त मिनिरल वाटरको बोतलमा स्थानीय उपभोक्ता प्रविण सिंहले किरा भेटेपछि प्रहरीलाई खोजखबरका लागि जानकारी गराएका थिए । प्रशोधित पानीमा किरा भेटिने गरेपछि उपभोक्ताको ज्यानसँग खेलवाड गर्ने माथि कडा भन्दा कडा कारवाही हुनुपर्ने स्थानीय विक्रेताहरु बताउँछन । 
सम्बन्धीत निकायको बजार अनुगमन तथा गुणस्तरको चेकजाँचको अभावका कारण यस्ता उद्योगहरुले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको हुँदा सम्बन्धीत निकायले यसमा चासो देखाउनुपर्ने आवश्यकता रहेको एक दशक देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेका स्वास्थ्यकर्मी डाक्टर बिकास साह बताउँछन ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने गरेको र उद्योगको यो चरम लापरवाही रहेकोले यस उद्योगलाई कारवाही प्रकृया अघि बढाउने बताए ।
उपरिक्षक थपलियाले किरा भेटिएको बोतल कार्यालयको नियन्त्रणमा राखी कारवाहीको लागि बोतल सहित सम्बन्धीत निकायमा पठाउने तयारी गरिएको समेत बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…