जन्ती (बाराती) बोकेको बस दुर्घटना, १३ जनाको मृत्यू, चालक प्रहरी नियन्त्रणमा !
डडेलधुरा अस्पतालमा उपचारकै क्रममा राति थप पाँच जनाको मृत्यु भएको छ। मृतकमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट तथा बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशिल जोशी छन्।

२०८२ माघ २३ शुक्रबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बैतडी । जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।
दुर्घटनामा गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गरिएको छ भने अन्य २७ जना घाइतेको डडेलधुरामै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेहुला–बेहुली भने सकुशल रहेको प्रहरीको भनाइ छ।
बिहीबार साँझ पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो। घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा सात जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।
यस्तै, उपचारका क्रममा बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेलधुरा अस्पतालमा उपचारकै क्रममा राति थप पाँच जनाको मृत्यु भएको छ। मृतकमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट तथा बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशिल जोशी छन्।
दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…