रास्वपा उम्मेदवार आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, घटनास्थलबाट फरार
स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन्। ठक्कर दिने बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८२ माघ २२ बिहीबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,रौतहट । मधेश प्रदेशको रौतहट निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको ज्यान गएको छ।
ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको सवारी दुर्घटनामा सोही स्थानकी करिब ४ वर्षीया अलसा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अलसा खातुन स्थानीय शेख साजिरकी छोरी हुन्। दुर्घटना आफ्नै वडाभित्र भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन्। ठक्कर दिने बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…