प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

२०८२ माघ २२ बुधबार
बिहान ०८:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना–२०८२ अनुसार आजदेखि नेपाली सेना परिचालनमा आएको छ ।

सरकारले यसअघि नै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गरिएको हो ।

एकीकृत सुरक्षा योजनाअनुसार भर्ना गरिएका निर्वाचन प्रहरी पनि परिचालन हुनेछन् । मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले लिनेछ । बाहिरी सुरक्षा घेराको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले आजदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन प्रयोजनका लागि आफ्ना फौज परिचालन गरेको जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।

सेनाका प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई लक्षित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा गरिनेछ भने अन्य सुरक्षा निकायसँग समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ । निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ ।

एकीकृत सुरक्षा योजनाको मार्गदर्शनअनुसार मतदानको एक महिना अघिदेखि नै सेनालाई फिल्डमा परिचालन गरिएको हो । सेनाले मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत अन्य संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिने जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ माघ २२ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus