विद्यार्थी बोकेको स्कूल बस र ट्रयाक्टर बिहानै ठोक्कियो, केहीको अवस्था गम्भिर 

२०८२ माघ २१ मंगलबार
बिहान ०८:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार एक बस दुर्घटना हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

परासीबाट विद्यार्थी लिएर फर्किँदै गरेको लु १ ख ८६७५ नम्बरको बस आज बिहान करिब साढे पाँच बजेतिर बसन्तपुरस्थित टोल गेट नजिक ट्र्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। अस्पतालमै रहेका अध्यक्ष यादवका अनुसार केही घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ र उपचार जारी छ।

दुर्घटनाको कारण तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ माघ २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus