धनुषामा ४ किलो गाँजा सहित एक महिला र एक पुरुष पक्राउ
विनय कुमार यादव | जनकपुरधाम, ११ साउन । धनुषामा ४ किलो गाँजा (लागुऔषध) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उक्त परीमाणको गाँजा पक्राउ गरेको हो । शुक्रवार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय महेन्द्

२०७५ साउन ११ शुक्रबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, ११ साउन । धनुषामा ४ किलो गाँजा (लागुऔषध) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उक्त परीमाणको गाँजा पक्राउ गरेको हो ।
शुक्रवार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक अरुण कुशवाहा नेतृत्वको टोलीले सुराकीको आधारमा जिल्ला सिरहा
नरहा गाउँपालिका वडा नं. ४ चौहरबा बस्ने बर्ष ३५ का हरिदेव मण्डल र महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ५ पर्सा बस्ने बर्ष २५ की मेलिना खातुनलाई गाँजा सहित पक्राउ गरिएको जनाए ।
उनीहरुको साथबाट २५ हजार रुपैयाँ नगद सहित स ६ प ९०८० नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरिएको ईन्सपेक्टर कुशवाहाले बताए । महोत्तरीबाट गाँजा ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई रँगेहात पक्राउ गरेको हो ।
प्रहरीले नाटकीय रुपमा खातुनबाट गाँजा फलानो ठाउँमा पुरयाइदिन भनेका थिए । पक्राउ परेपछि खातुनले मकवानपुर जिल्लाको मनहरी बस्ने आकाश भन्ने व्यक्तिले गाँजा पुरयाए वापत ५ हजार रुपैयाँ दिदै आएको प्रथम बयान रेकर्ड गरिएको हो ।
मेलिना मिथिला नगरपालिकाको ढल्केवरमा तरकारी व्यवसाय गर्दै आएकी छन् भने मण्डल ट्रक चालक रहेको बताइएको छ । ईन्सपेक्टर अरुण कुशवाहा यसअघि पनि ईलाकामा हुँदा अपराध नियन्त्रण ह्वात्तै बढेको थियो भने पुनः सरुवा भएर आएपछि अपराधीक क्रियाकलाप उपर कडा निगरानी बढाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…