कपिलेश्वर महादेवलाई साक्षी राखी निधिको चुनावी अभियान सुरु 

२०८२ माघ १७ शुक्रबार
दिउसो ४:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक संकटबाट निकाल्न कांग्रेसलाई निर्वाचित गराउन अनुरोध गरेका छन् ।

सहिद दिवसको अवसर पारेर जनकपुरधाम १६ स्थित कपिलेश्वरबाट विधिवत चुनाव अभियान आरम्भ गर्दै उनले यस्तो बताएका हुन्। 
निधिले वर्तमान सरकार जनताप्रति जवाफदेह नरहको  आरोप लगाए ।

संविधान र लोकतन्त्र क्षतिग्रस्त अवस्थामा रहेको बताउँदै उनले ट्र्याकमा ल्याउन कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे। ।

निधिले ढल्केबरदेखि जटहीसम्म सिक्सलेन सडक आफू भौतिकमन्त्री छँदा निर्णय गरेर बनाउन लगाएको बताए ।

 जनकपुर(जयनगर रेलमार्गलाई ब्रोडगेज बनाउन भारतीयपक्षसंघ आफूले पहल गरेको उनले सुनाए्र  निधिले पछिल्लो समय आफू जनकपुर( अयोध्या हवाईसेवा सञ्चालनका लागि प्रयासरत रहेको बताए। निधिले जनकपुरलाई प्रदेशको राजधानी बनाउन आफू गृहमन्त्री छँदा निर्णय गराउन लगाएको उल्लेख गरे।

भौतिक विकासका साथै शैक्षिक क्षेत्रको विकासका लागि आफूले खेलेको भूमिकाको उनले चर्चा गरे। निधिले राजर्षि विश्वविद्यालय स्थापनाका साथै आफ्नो पहलमा विद्यालय भवनहरू निर्माण गर्न लगाएको बताए्र्र निधिले किसानहरूलाई सुविधा पुर्याउने उदेश्यले जनकपुर क्षेत्रमा मल कारखाना स्थापना गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेता निधिको चुनाव परिचालनको नेतृत्व गरिरहेका प्रदेश सांसद एवं पूर्वप्रदेशमन्त्री रामसरोज यादवले संघीयता र संविधान रक्षाका लागि कांग्रेसलाई विजयी बनाउन आग्रह गरे ।

उनले धनुषालागयत देशका विभिन्न क्षेत्रको विकासका लागि नेता निधिको ठूलो योगदान रहेको उल्लेख गरे।  सिक्सलेन सडकदेखि राजर्षि विश्वविद्यालको स्थापनाका लागि निधिको महत्वपूर्ण  भूमिका रहेकेो यादवले जिकिर गरे ।नेता यादवले निधिलाई विजयी बनाउन सम्पूर्ण कांग्रेस एकढिक्का रहेको उल्लेख गरे ।

कांग्रेस जनकपुरधाम नगरसमितिका सभापतिसमेत रहेका मेयर मनोजकुमार साहले विश्वविद्यालयको स्थापना, जनकपुरलाई प्रदेश राजधानी बनाउन निधिले खेलेको भूमिकाको चर्चा गरे।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब

  • २०८२ माघ १७ शुक्रबार
  • शशिकान्त मण्डल

राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus