देश फेरी दुर्घटना तर्फ जान सक्छः नेता प्रचण्ड 

२०८२ माघ १५ बुधबार
बेलुकी ७:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए ।

उनले भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ।’

उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिए। उनले समाजवादी मोर्चामा हुदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व बैचारिक अन्यौलको भूमरीमा हराएको तर्क गरे ।

कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थीतिमा कम्युनिष्ट आन्दोलनका घटकहरुलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफुहरुको कुनै आक्रोश नभएको र आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाई छ ।

प्रचण्डले अहिले देश असहज परिस्थीतिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनाम जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ माघ १५ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus