न्यूज ब्यूरो, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाले प्रतिनिधिसभा उम्मेदवार पुनम यादवलाई विजयी गराउन संगठित रूपमा चुनावी अभियान तीव्र बनाएको छ। कटहरियामा सोमबार आयोजित कार्यक्रममा नेताकार्यकर्ताले जिम्मेवारी बाँडफाँड गर्दै जित सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा केन्द्रीय सदस्य वाहिद अन्सारी र कमल यादवको उपस्थितिमा ५०५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको घोषणा गरियो। क्षेत्र, नगर र वडा तहसम्म समिति विस्तार गरिएको र युवालाई समेटेर मतदाता सुरक्षा समिति पनि गठन गरिएको छ।
नेताहरूले पुनम यादवलाई “जेन–जी पुस्ताकी महिला तथा युवा उम्मेदवार” भन्दै नयाँ सोच र ऊर्जाको प्रतीक भएको दाबी गरे। कार्यक्रममा रोजगार, मल उद्योग, शिक्षा–स्वास्थ्य सुधार र किसानमुखी योजनालाई प्राथमिकतामा राखिएको थियो।
उम्मेदवार पुनम यादवले आफू क्षेत्रकी छोरी र बुहारी भएको बताउँदै इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रमको अन्त्यमा फागुन २१ गते हुने निर्वाचनमा ‘एक तारा’ चुनाव चिह्नमा मतदान गरी उनलाई विजयी गराउन अपिल गरिएको छ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ माघ १४ मंगलबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्


