पोष्टमार्टमको लागि राखिएको किशोरीको शव अस्पतालबाटै गायब, प्रहरीले अर्को शव लिन भनेपछि खैलाबैला !

२०८२ माघ १३ सोमबार
बेलुकी ६:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । मृत्यू भएर एक किशोरीको शव अस्पतालमा राखिएकोमा अस्पतालबाटै गायब भएको खवर प्राप्त भएको छ । 

यो घटना सिरहाको हो । पोष्टमार्टमका लागि रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको एक किशोरीको शव हराएको हो।  सिरहाको गोलबजार नगरपालिका वडा नं. ३ का रमेश वानियाँकी छोरी करिव १६ वर्षिय निशा वानियाँको शव अस्पतालबाटै हराएको हो।

शुक्रबार १० गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रकृया पुरागरी पोष्टमार्टमको लागि लहान अस्पतालमा लगिएको थियो। उनका बुबा आमा रोगजारीको क्रममा भारतमा रहेकाले आएपछिमात्र पोष्टमार्टम गर्ने भनेर शव अस्पतालमा राखिएको थियो। 

आज सोमबार बुबा आमा आएर प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा पोष्टमार्टको लागि लहान अस्पताल पुग्दा शव नभेटिएको भन्ने सूचना आएको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए। 

शव बुझ्न गएका आफन्तमध्येका एकले प्रहरीले शव साट फेर भएकाले त्यहाँ भएरका अर्को शव लग्न प्रहरीले दवाव दिईरहेको बताए। तर, उनले अहिलेसम्म आफूहरुले आफन्तको शव फेला नपरेको र अन्य शव लिने कुरा नआउने बताए।

अस्पतालबाटै किशोरीको शव गायब भएपछि अस्पताल प्रशासनको जिम्मेवारीमाथि प्रश्न चिन्ह उठेको छ । शव नै साटफेर कसरी हुने भन्दै आशंका व्यक्त गरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८२ माघ १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus