सबैलामा राप्रपाका वडाध्यक्षसहित १५० बढी नेता कार्यकर्ता मातृकासँग 

२०८२ माघ १३ सोमबार
बिहान ०९:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सबैला नगरपालिका वडा नं. ४ वल्टिया र वडा नं. ८ ठिल्लामा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा राप्रपा सबैला नगरपालिका ४ का वडा अध्यक्ष मनोहर कुमार दनुवार, लक्ष्मी पंजीयार लगायत विभिन्न राजनीतिक दल परित्याग गरी १५० जना भन्दा बढी युवा, महिला तथा वृद्धजन नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहित विभिन्न पार्टीमा आवद्ध नेता कार्यकर्ताहरूले नेकपाको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमबाट प्रभावित हुँदै पार्टी प्रवेश गरेको बताएका छन् ।

कार्यक्रममा नेकपाका धनुषा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मात्रिका प्रसाद यादवले  नवप्रवेशी सदस्यहरूलाई अबिर र माला लगाई स्वागत गरेका थिए । उनीहरूले पार्टीलाई जनताको वास्तविक आवाज बनाउँदै समाजिक न्याय, समानता र विकासका लागि संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै नेकपा मात्र श्रमिक, किसान, महिला र उत्पीडित वर्गको पक्षमा उभिने सशक्त शक्ति भएको दाबी गरे । उनीहरूले सबैला नगरपालिकामा पार्टी संगठनलाई अझ मजबुत बनाउँदै आगामी राजनीतिक संघर्ष र निर्वाचनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै सबैला क्षेत्रमा नेकपाप्रतिको जनसमर्थन विस्तार हुँदै गएको संकेत देखिएको सहभागीहरूले बताएका थिए  ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः सरस्वति पूजामा विद्यालयले तोकेकै ड्रेसमै जानुपर्ने

  • २०८२ माघ १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम। आउँदो सरस्वती पूजाका अवसरमा विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयले तोकेको निर्धारित पोसाकमै सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। एन–प्याब्सन जनकपुरधामले एक सूचना जारी गर्दै सरस्वती पूजाका नाममा नयाँ पोसाक

पूरा पढ्नुहोस्

Bureau Menus