सबैलामा राप्रपाका वडाध्यक्षसहित १५० बढी नेता कार्यकर्ता मातृकासँग
कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै सबैला क्षेत्रमा नेकपाप्रतिको जनसमर्थन विस्तार हुँदै गएको संकेत देखिएको सहभागीहरूले बताएका थिए ।

२०८२ माघ १२ सोमबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सबैला नगरपालिका वडा नं. ४ वल्टिया र वडा नं. ८ ठिल्लामा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा राप्रपा सबैला नगरपालिका ४ का वडा अध्यक्ष मनोहर कुमार दनुवार, लक्ष्मी पंजीयार लगायत विभिन्न राजनीतिक दल परित्याग गरी १५० जना भन्दा बढी युवा, महिला तथा वृद्धजन नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहित विभिन्न पार्टीमा आवद्ध नेता कार्यकर्ताहरूले नेकपाको नीति, सिद्धान्त र जनमुखी कार्यक्रमबाट प्रभावित हुँदै पार्टी प्रवेश गरेको बताएका छन् ।
कार्यक्रममा नेकपाका धनुषा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मात्रिका प्रसाद यादवले नवप्रवेशी सदस्यहरूलाई अबिर र माला लगाई स्वागत गरेका थिए । उनीहरूले पार्टीलाई जनताको वास्तविक आवाज बनाउँदै समाजिक न्याय, समानता र विकासका लागि संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी प्रवेश कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै नेकपा मात्र श्रमिक, किसान, महिला र उत्पीडित वर्गको पक्षमा उभिने सशक्त शक्ति भएको दाबी गरे । उनीहरूले सबैला नगरपालिकामा पार्टी संगठनलाई अझ मजबुत बनाउँदै आगामी राजनीतिक संघर्ष र निर्वाचनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै सबैला क्षेत्रमा नेकपाप्रतिको जनसमर्थन विस्तार हुँदै गएको संकेत देखिएको सहभागीहरूले बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…