धनुषामा चेली जिस्काएपछि विवाद उग्र, पञ्चायतमै निर्घात कुटिए महिला
न्यूज ब्यूरो | जनकपुरधमा, ११ साउन । पञ्चायतकै क्रममा धनुषामा एक महिलामाथि निर्घात कुटपीट भएको छ । धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन् । कुटपीटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चो

२०७५ साउन ११ शुक्रबार, बेलुकी ६:२६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधमा, ११ साउन । पञ्चायतकै क्रममा धनुषामा एक महिलामाथि निर्घात कुटपीट भएको छ ।
धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन् । कुटपीटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चोटको डाम देखिएको छ । उनको उपचार जनकपुर अञ्चलमा भइरहेको प्रहरीले जनाएको छ ।
घटना बुधबार दिँसोको हो । स्थानीय ललित मण्डलका अनुसार अनुसार गत मंगलबार मिनादेवीकी छोरी १४ वर्षकी प्रियंका मण्डल खेतबाट घाँस काटेर आउँदै गरेको बला स्थानीय जुक्ति मण्डलका १५ वर्षका छोरा डोमा मण्डल जिस्काएर दुव्र्यवहार गरेका थिए ।
दुव्र्यवहार पश्चात मिनादेवी छोरी जिस्काउने युवक डोमा मण्डललाई दण्डसजाय हुनु पर्ने भन्दै पञ्चायत बसाउन गाउँलेलाई गुहार गर्नुभएको थियो । स्थानीय नेपाली काँग्रेसका वडासभापत्ति एवं शिक्षक उमेश मण्डलले बुधबार दिँउसो आफ्नै दरबाजामा पञ्चायतको समय तोक्नुभयो ।
बुधबार दिँउसो पञ्चायत बसेपछि पीडित पक्षको पञ्चहरु जान बाँकी नै थियो । तर पनि त्यहाँ उपस्थित पञ्चहरुले दुवै पक्षलाइ आयिन्दा विवाद गरेको ५०।५० हजार जरिवाना गर्ने भनेर पञ्चहरुले निष्कर्ष निकालेका थिए । 
त्यसै क्रममा मिनादेवीले अस्वीकार गरेपछि पञ्चायतमै स्थानीय ४२ वर्षका श्याम मण्डल, गंगा मण्डल, कामेश्व मण्डल र उमेश मण्डल सहितले लाठी हात र मुक्काले कुटपीट गर्न थालेको पीडित मिनादेवीको भनाई छ ।


घटनामा पीडित पक्षले केटालाई कुटपीट गरेपछि पञ्चायतकै क्रममा ती महिलामाथि कुटपीट भएको प्रहरी निरीक्षक थानदारको भनाई छ ।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…