राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट चौधरीसहित २२ जनाको सामुहिक राजीनामा
न्यूज ब्यूरो, जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट २२ जनाले सामुहिक राजीनामा दिएका छन् । देश गम्भीर राजनीतिक सङ्कट, दिशाहीनता र जनतामा बढ्दो निराशाको अवस्थामा पुगेको निष्कर्षसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल सम्बद्ध जिल्ला तथा केन्द्रीय नेताहरूले संयुक्त विज्ञप्ति ज

२०८२ माघ ११ आइतबार, बेलुकी ६:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट २२ जनाले सामुहिक राजीनामा दिएका छन् । देश गम्भीर राजनीतिक सङ्कट, दिशाहीनता र जनतामा बढ्दो निराशाको अवस्थामा पुगेको निष्कर्षसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल सम्बद्ध जिल्ला तथा केन्द्रीय नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा दिएका छन् ।
के्न्द्रीय सदस्य सँजय चौधरीसहितका नेताहरुको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा दलगत सङ्कीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिका कारण देश तथा जनता अन्योलतर्फ धकेलिएको उल्लेख गर्दै पार्टीगत आवरणभन्दा माथि उठेर देश, जनता, विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्नु वर्तमान समयको अपरिहार्य आवश्यकता भएको स्पष्ट गरिएको छ।
राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्ने निर्णय गर्दै नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा अघि बढ्ने निर्णयमा पुगेका छन्। केही दिनभित्र उक्त नयाँ राजनीतिक यात्राको औपचारिक सार्वजनिक घोषणा गरिने जनाइएको छ। सरोकारवाला निकाय तथा आम जनसमुदायलाई जानकारी गराउन यो संयुक्त विज्ञप्ति जारी गरिएको हो।
राजीनामा दिने नेता कार्यकर्ताहरुमा ,
-
संजय कुमार चौधरी – केन्द्रीय सचिव
-
संजय कुमार सिंह – केन्द्रीय अनुशासन विभाग अध्यक्ष तथा कार्यकारी केन्द्रीय सदस्य
-
विजय कुमार राय – केन्द्रीय सदस्य
-
राजा राम कापर – राष्ट्रिय परिषद सदस्य
-
अशोक ठाकुर – केन्द्रीय सदस्य
-
संजय गडिया – केन्द्रीय सदस्य
-
विजय नायक – राष्ट्रिय परिषद सदस्य
-
मिण्टु यादव पासवान – केन्द्रीय सदस्य
-
पुनम यादव – समानुपातिक उम्मेदवार
-
सरजुन पासवान – केन्द्रीय नेता
-
गुलो देवी पासवान – समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य
-
राम चन्द्र साह – केन्द्रीय सदस्य
-
शंकर कुमार पासवान – जिल्ला उपाध्यक्ष
-
विरेंद्र पासवान – जिल्ला उपाध्यक्ष
-
जीवन कुमार यादव – जिल्ला सचिव
-
धनजित मण्डल – सह–सचिव
-
प्रकाश ठाकुर – जिल्ला सदस्य
-
मनोज राजक – जिल्ला सदस्य
-
हुकुम साह – जिल्ला सदस्य
-
मुकेश कुमार चौधरी – युवा नेता
-
अजय कापर – युवा नेता
-
राजु कुमार चौधरी – राष्ट्रिय परिषद सदस्य
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…