न्यूज ब्यूरो, जनकपुरधाम । आगामी निर्वाचन नजिकिँदै जाँदा देशको राजनीति थप सक्रिय बन्दै गएको छ। यही सन्दर्भमा प्रमुख दलका शीर्ष नेताबीच सार्वजनिक बहस (पब्लिक डिबेट) हुनुपर्ने बहसले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्यसँग जोडिएका विषयमा खुला बहसका लागि आफू तयार रहेको अभिव्यक्ति दिएपछि यो विषयले थप चर्चा पाएको हो। सामाजिक सञ्जालमार्फत ओलीले “देश बनाउने शक्ति र देश बिगार्ने शक्तिबीच प्रतिस्पर्धा भइरहेको” उल्लेख गर्दै स्पष्ट एजेन्डा र खाकासहित बहस गर्न सकिने बताएका थिए।
तर ओलीको उक्त प्रस्तावप्रति काठमाडौं–झापा–५ बाट चुनावी प्रतिस्पर्धामा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कडा प्रतिक्रिया जनाएका छन्। ओलीकै स्टाटसमा टिप्पणी गर्दै बालेनले आफू ओलीसँग एउटै मञ्चमा उभिन नसक्ने स्पष्ट पारेका हुन्।
बालेनले आफ्नो टिप्पणीमा विगतका घटनालाई स्मरण गराउँदै ती घटनाको जिम्मेवारी स्वीकार नगरेसम्म बहस अस्वीकार्य हुने धारणा राखेका छन्। “७६ जना बालबालिकाको हत्या र त्यससँग जोडिएका गतिविधिबारे जवाफदेहिता नआएसम्म एउटै मञ्चमा उभिनु नैतिक रूपमा सम्भव छैन,” भन्ने भाव उनको प्रतिक्रियामा देखिन्छ।

बालेनको यस भनाइपछि सार्वजनिक बहसको सम्भावनाभन्दा पनि राजनीतिक आरोप–प्रत्यारोपले चर्चा पाउन थालेको छ। विश्लेषकहरूका अनुसार यो घटनाक्रमले चुनावी प्रतिस्पर्धा विचार र नीति केन्द्रित भन्दा पनि आरोप–प्रतिआरोपतर्फ मोडिन सक्ने संकेत गर्छ।
अब प्रश्न उठेको छ—सार्वजनिक बहसले राजनीतिक संस्कृतिलाई परिष्कृत बनाउने कि अझ ध्रुवीकरण बढाउनेरु यसको उत्तर भने आगामी दिनको राजनीतिक चालचलनले नै दिनेछ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८२ माघ १२ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्भाईरल समाचार



