न्यूज ब्यूरो, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ। निर्वाचन आयोगले चौधरीको उम्मेदवारीविरुद्ध परेको उजुरीको छानबिनपछि उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।
यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता लालबिक्रम थापाविरुद्ध परेको उजुरीबारे भने निर्वाचन आयोगमा छलफल जारी रहेको छ।
निर्वाचन आयोगका अनुसार विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध पाँचवटा उजुरी परेका थिए। तीमध्ये तीनवटा उजुरी खारेज भइसकेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री तथा नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरुद्ध परेका उजुरी पनि खारेज भएका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध परेको उजुरी पनि निर्वाचन आयोगले खारेज गरेको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्।
हालसम्म लालबिक्रम थापाविरुद्धको उजुरीबाहेक अन्य सबै उजुरीको टुंगो लागिसकेको निर्वाचन आयोगले जनाएको छ।
धनुषा १ः सबैलामा एमालेका उम्मेदवार मण्डलले भने, ‘जनताको साथ, जनताकै विकास’
- २०८२ माघ ९ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा धनुषा क्षेत्र नं. १ का उम्मेदवार रामचन्द्र मण्डलले चुनावी अभियानलाई तिव्रता दिएका छन् । उनी सबैला नगरपालिका स्थित नेकपा एमालेको क्षेत्रीय
पूरा पढ्नुहोस्भाईरल समाचार






