न्यूज ब्यूरो, सर्लाही । अस्ट्रेलियाका पूर्व राजदूत, नेपाल जीसिसका पूर्व अध्यक्ष तथा देशकै चर्चित लिडरशिप मोटिभेसनल ट्रेनर महेशराज दाहालले सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।
दलगत हिसाबले स्वतन्त्र रहँदै उनले अशोक राई नेतृत्वको जसपा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी तीन राजनीतिक दलको साझा एकल चुनाव चिन्ह ‘जातो (चकिया) छाप’ रोजेर चुनावी मैदानमा उत्रेका हुन् ।
देश–विदेशमा कूटनीति, नेतृत्व विकास, सुशासन र सकारात्मक सोचका क्षेत्रमा लामो अनुभव हासिल गरेका दाहालको उम्मेदवारीलाई सर्लाही मात्र नभई राष्ट्रिय राजनीतिमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ। व्यावहारिक नेतृत्व, अन्तर्राष्ट्रिय दृष्टिकोण र परिवर्तनमुखी सोच बोकेका दाहालले जनताको राजनीति र परिणाममुखी नेतृत्वको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।
राजनीतिक स्थायित्व, सुशासन र युवा पुस्तामा आशा जगाउने नेतृत्वको खाँचो रहेको वर्तमान अवस्थामा महेशराज दाहालजस्ता अनुभवी, स्वच्छ छवि भएका र राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव बोकेका व्यक्तित्वको सक्रिय भूमिका देशका लागि अत्यन्त आवश्यक रहेको विश्लेषकहरू बताउँछन्।
युवाहरुको बलिया सँगठन रहेको जेसिज जस्तो सँस्थाको अध्यक्ष भएको बेला सयौँ युवाहरुलाई तालिम दिएका थिए । उनले युवाहरुको भावना बुझेको, युवाहरुको भविष्यप्रति चिन्तनशिल रहेको दाबी गरे ।
दाहाल राजनीतिमा आएपछि उनका समर्थकहरुले उनलाई सर्लाही–३ बाट उम्मेदवार बनेको भन्दै बधाई व्यक्त गर्दै, जनताको विश्वास जित्दै निर्णायक विजय हासिल गर्ने शुभकामना दिन थालेको छ ।
उनका समर्थक सँतोष मेहताले देश परिवर्तनको मोडमा उभिएको यस घडीमा उहाँको नेतृत्वले नयाँ आशा र ऊर्जा थप्ने अपेक्षा गरिएको लेखेका छन् ।
सर्लाहीमा राजेन्द्र महतोको कडा प्रभाव मानिन्छ । अन्य जातजातीको वस्ती रहेको सर्लाही ३ मा थारु वस्तीहरु पनि रहेको छ । तीनटा पार्टीको एकल उम्मेदवार भएपछि दाहाललाई जित्न सजिलो हुने उनका समर्थकहरु बताउँछन् ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८२ माघ ८ बुधबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्भाईरल समाचार








