जसपा नेपाल छाडेर जनमत पार्टी पूर्व साँसद बीरेन्द्र महतो, जितेकै क्षेत्रबाट टिकट कन्फर्म
२०७९ सालको चुनावमा उनले जनमत पार्टीकै उम्मेदवार सोही क्षेत्रबाट लडेका वीरेन्द्र साहलाई ७८०८ मतान्तरबाट पराजित गरेका थिए । महतोलाई पुनः सोही क्षेत्रबाट टिकट जनमत पार्टीले दिएको् हो ।

२०८२ माघ ४ आइतबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । २०७९ को चुनावमा प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएका पूर्व साँसद बीरेन्द्र प्रसाद महतो जनता समाजवादी पार्टी नेपाल छाडेर जनमत पार्टीमा प्रवेश गरेका छन् ।
आईतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल त्यागेर डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमतबाट पनि उनले सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट टिकट पाएका छन् ।
आईतबार पार्टी अध्यक्ष डा. सिके राउतले उनलाई सिरहा निर्वाचन क्षेत्र ४ को लागि प्रतिनीधिसभाको लागि टिकट दिएका छन् ।
२०७९ सालको चुनावमा उनले जनमत पार्टीकै उम्मेदवार सोही क्षेत्रबाट लडेका वीरेन्द्र साहलाई ७,८०८ मतान्तरबाट पराजित गरेका थिए । महतोलाई पुनः सोही क्षेत्रबाट टिकट जनमत पार्टीले दिएको् हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…