कमला नगरपालिकाको नगरसभा भण्डोल, मेयर र वडाध्यक्षबीच चर्काचर्की 

२०८२ माघ ४ शनिबार
बिहान ११:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको नवौँ नगरसभामा भाँडभैलो भएको छ । नगर प्रमुख विशेश्वर यादव र वडाध्यक्षहरुबीच चर्काचर्की भएपछि नगरसभा भण्डोल भएको हो । 

शुक्रबार कमला नगरपालिकाले समाजिक सँजालमा एक सूचना जारी गर्दै नवौँ नगरसभाको लागि जनप्रतिनीधिहरुलाई भेला हुनको लागि बोलाएकोमा वडाध्यक्षहरुले हरहिसाब माग गरेपछि नगरसभा भण्डोल भएको हो । 

नगर प्रमुख विशेश्वर यादवले स्पष्ट सूचना नदिई बैठकमा बोलाएर नगरसभा गर्न लागेको आरोप वडासदस्यहरुले लगाउन थालेपछि विवाद सुरु भएको थियो । वडाध्यक्ष र वडा सदस्यहरुले आफूहरुलाई अधिकारिक रुपमा कुनै पत्र प्राप्त नभएको आरोप लगाए । समाजिक सँजालमा पत्र हालेर छलकपट गरी नगरसभा गर्न लागेको आरोप उनीहरुले लगाएका थिए । 

वडाध्यक्षहरुले विगतदेखि नै आर्थिक बर्षको अन्त्यसम्मको हरहिसाब पारदर्शी गर्नुपर्ने, लेखा अधिकृत परिवर्तन गर्नुपर्ने लगायतका मुख्य मागहरु राखी वडाध्यक्षहरु आन्तरिक विरोधमा रहेका छन् । 

वडा नं. १ का वडाध्यक्ष सरददेव यादवले मेयरमाथि विश्वासघातको आरोप लगाए । उनले कैयौँ पटक वाचा गरेर मानमर्दन गरेको आरोप लगाए । नगरसभाको लागि कुनै जानकारी नदिएर बैठक बोलाएको आरोप लगाउँदै । कमिशनको खेलले नगरपालिका बिग्रेको बताए । 

वडा नं. ४ का वडाध्यक्ष दिपक गोहिबार मेयर यादवले नगरका योजनाहरुको भुक्तानी भएपनि वडाका योजनाहरुको भुक्तानी जानीजानी अवरोध गरेको आरोप लगाए । उनले भुक्तानी अवरोध गरी नयाँ आर्थिक बर्षको लागि नगरसभाको सहजता र वडाध्यक्षहरु सभा गर्न मजबुर होस भन्ने उदेश्यले फाईल रोकेको आरोप लगाए । 

वडा नं. ३ का वडाध्यक्ष रामभगत यादवले पटक पटक हरहिसाब दिन्छु भनेर नदिएको तथा अधिकारिक रुपमा नगरसभा नगरेको भन्दै नगरसभा हुन दिएनन्् । उनले मेयर यादवमाथि छलकपटको आरोपसम्म लगाए । उनले हरहिसाब क्लीयर नगरेसम्म नगरसभामा भाग नलिने बताए । 

वडा नं. २ का वडाध्यक्ष ठकु यादवले भने अधिकारिक रुपमा पत्र मार्फत जानकारी आउनुपर्नेमा नभएकोप्रति आपत्ति जनाए । वडा नं. ५ का वडाध्यक्ष शिवा पासवानले मेयर यादवप्रति आक्रोस पोखे । उनले सुरुदेखि नै मेयरले आफूहरुको अवहेलना गरेको आरोप लगाए । 

सो क्रममा नगर प्रमुख यादवले आफू कुनै फाईल नरोकेको बताए । उनले केही वडाध्यक्षहरुले आफूप्रति प्रतिशोधको भावना राखेर आरोप लगाएको बताए । मेयरले चाँडै प्रतिनीधिहरुको माग पुरा गरी नगरसभा हुने बताए ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'नमुना' नै छैन धनुषाको गिद्धाबेलापट्टि स्कूल, झूठा प्रचारप्रसार गरी बर्षौदेखि भ्रममा राखिए अभिभावक

  • २०८२ माघ ४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय, गिद्धाबेलापट्टीले आफूलाई “नमुना विद्यालय” भन्दै प्रचारप्रसार गर्दै आएको भए पनि त्यसको आधिकारिक आधारबारे गम्भीर प्रश्न उठेको छ।  विद्यालयले वर्षौंदेखि आफूलाई

पूरा पढ्नुहोस्

Bureau Menus