लाउडस्पीकर त्यागेर घण्टीमा तेथवार, २०७९ को निर्वाचनमा थिए लखन दाससँग प्रतिस्पर्धी
२०८२ फागुन २१ गते हुने चुनावलाई लिएर उनले रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका छन् । उनले बालेनको क्रेजबाट प्रभावित भएर रास्वपामा प्रवेश गरेको बताएका छन् । टिकटको सन्दर्भमा खुलाएको छैनन् ।

२०८२ माघ १ बिहीबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रत्यासी रहेका जनमत पार्टीका नेता दिपेन्द्र कुमार तेथबार यादव पार्टी परित्याग गरेका छन् । तेथबार जनमत पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
विहिबार जनकपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा तेथबारले जनमत पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
सुरुदेखि नै डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा लाग्दै आएका तेथबार वि.सं. २०७९ को स्थानीय तह चुनावमा हर्न छापबाट कमला नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यतिबेला तेथबारले १३५७ मत प्राप्त गर्न सफल भएका थिए । निर्वाचित मेयर काँग्रेसका विशेश्वर प्रसाद यादवले ३८८७ मत प्राप्त गरेका थिए ।
२०७९ मँसिरमा भएको प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा तेथबारले जनमतबाटै प्रदेशसभा सदस्यका लागि टिकट पाएका थिए । सो चुनावमा उनले हर्न छापबाट ७४३० मत प्राप्त गरेका थिए जबकी एमालेका उम्मेदवार लखन दासले कुल ११५८१ मत ल्याएर निर्वाचित भए । तेथबार मुख्य प्रतिस्पर्धीको रुपमा टक्कर दिएका थिए । तेथबार न्यून चुनावी खर्चमा दोस्रो अधिक मत ल्याएका थिए ।
२०८२ फागुन २१ गते हुने चुनावलाई लिएर उनले रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका छन् । उनले बालेनको क्रेजबाट प्रभावित भएर रास्वपामा प्रवेश गरेको बताएका छन् । टिकटको सन्दर्भमा खुलाएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…