चिसो अत्यधिक बढेपछि धनौजी गाउँपालिकाका विद्यालयमा थप बिदा घोषणा
गाउँपालिका कार्यपालिकाको कार्यालय धनौजी धनुषाद्वारा जारी सूचनाअनुसार गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा मिति २०८२ पुष २४ र २५ गते थप जाडो बिदा दिइएको हो।

२०८२ पुस २४ बिहीबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । अत्यधिक जाडो बढ्दै जाँदा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै धनौजी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप जाडो बिदा दिएको छ।
गाउँपालिका कार्यपालिकाको कार्यालय धनौजी धनुषाद्वारा जारी सूचनाअनुसार गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा मिति २०८२ पुष २४ र २५ गते थप जाडो बिदा दिइएको हो।
प्रशासनले चिसो मौसमका कारण विद्यार्थीहरू बिरामी पर्ने जोखिम बढेकाले सावधानीस्वरूप बिदा दिइएको जनाएको छ। विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय लिइएको उल्लेख गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…