धनुषाः सरकारी जग्गामा जबरदस्ती घर निर्माण, पोखरी पुरेर घर बनाएको आरोप
उच्च अदालत जनकपुर वाट २०८२ पौष ०४ गते आदेशानुसार किता नं. १५१ र १५२ निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रचलित कानुनको प्रक्रिया पुरा नगरी उक्त किताको सार्वजानिक जग्गा पर्ने गरी घर निर्माण गर्ने समेत कार्य नगर्नु नगराउनु आदेश जारी गरेको छ ।

२०८२ पुस १४ सोमबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक सरकारी जग्गामा एक व्यक्तिले नीजि आवास निर्माण गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।
नेपाल सरकारको नाममा भएको जग्गा व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ नौवाखोरमा नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिले घर निर्माण गरी अतिक्रमण गरी घर बनाएको भन्दै विरोध चुलिएको छ ।
मालपोत कार्यालय धनुषाको श्रेस्तामा रहेको कित्ता नम्बर १५२ मा पोखरी रहेको छ । पोखरीलाई पुरेर घर बनाउन लागेको स्थानीयहरुको आरोप छ ।
हंसपुर नगरपालिका वडा नं. ७ को मिति २०८२/०८/२८ को चलानी नं. ४१४ सिफारिसमा किता नं. १५१ को क्षेत्रफल ०-७-१७-० र १५२ को क्षेत्रफल ०-७-०-० को जग्गा नेपाल सरकारको नाउ रहेको उल्लेख गरिएको छ ।
उच्च अदालत जनकपुर वाट २०८२ पौष ०४ गते आदेशानुसार किता नं. १५१ र १५२ निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रचलित कानुनको प्रक्रिया पुरा नगरी उक्त किताको सार्वजानिक जग्गा पर्ने गरी घर निर्माण गर्ने समेत कार्य नगर्नु नगराउनु आदेश जारी गरेको छ ।
अहिले आदालतको आदेश भए पनि घर निर्माण कार्य रोकिएको छैन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…