एमालेबाट निकालिए नेता सँतोष यादव
यादवलाई एमालेबाट हटाएपछि उनलाई काँग्रेसले गोद लिएका छन् । नेपाली काँग्रेसबाट उनलाई आगामी चुनावमा गाउँपालिका अध्यक्षको लागि टिकट दिने आश्वासन दिएपछि उनी काँग्रेसको साहारा लिएको जनाइएको छ ।

२०८२ पुस १० बिहीबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का नेता रहेका सँतोष यादवलाई पार्टीबाट निकालिएको छ । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएको हो ।
एमाले जिल्ला कार्य समिति धनुषा र एमालेको लक्ष्मीनियाँ गाउँ कमिटिले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो ।
लक्ष्मीनियाँ गाउँ कमिटिको चलानी नं.१६ को पुस ६ गतेको निर्णय अनुसार उनलाई पार्टीबाट हटाएको हो । पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहँदै आएका यादवले पार्टीको अनुशासन विपरित कार्यहरु गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो ।
एमालेको जिल्ला कार्य समिति धनुषाका अध्यक्ष भोला यादव र सचिव दिप नारायण (दिपन) ठाकुरले जारी गरेको पत्रानुसार यादवले पार्टीको अनुशासन तथा निती निर्देशन विपरित गतिविधि गरेको ठहर गर्दै उनलाई ६ गते नै गाउँ कमिटिको सिफारिस अनुसार कारवाही गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमिति सचिवालयको बैठकबाट आजको निर्णयबाट उनलाई साधारण सदस्य समेत नरहने गरी हटाउने निर्णय भएको जनाइएको छ । एमालेको प्रदेश कमिटिलाई बोधार्थ गर्दै जिल्ला कार्य समितिले यस्ता गतिविधि गर्ने जोकोही पदाधिकारी, सदस्यलाई कडा निर्णय लिइने उल्लेख गरेको छ ।
यादवलाई एमालेबाट हटाएपछि उनलाई काँग्रेसले गोद लिएका छन् । नेपाली काँग्रेसबाट उनलाई आगामी चुनावमा गाउँपालिका अध्यक्षको लागि टिकट दिने आश्वासन दिएपछि उनी काँग्रेसको साहारा लिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…