रौतहट–४ बाट आजपाको उम्मेदवार पत्रकार ऋषि धमलाको एकल नाम सिफारिश
जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले उनको नाम एकल रूपमा सिफारिश गरिएको पार्टीको भनाइ छ।

२०८२ पुस ८ मंगलबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । आम जनता पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट ऋषि धमलालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ।
सोमबार सम्पन्न क्षेत्रीय बैठकले धमलाको नाम सर्वसम्मत रूपमा सिफारिश गर्ने निर्णय गरेको हो।
बैठक रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का क्षेत्रीय अध्यक्ष सरोज बछारको अध्यक्षतामा सम्पन्न भएको थियो।
पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि धमलालाई उम्मेदवारका रूपमा अघि सारिएको आम जनता पार्टीले जनाएको छ।
जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले उनको नाम एकल रूपमा सिफारिश गरिएको पार्टीको भनाइ छ।
पार्टीका अनुसार धमलाको उम्मेदवारीले रौतहट–४ मा नयाँ राजनीतिक विश्वासको निर्माण गर्दै परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
आम जनता पार्टीले यस क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, साथै किसान, मजदुर र युवाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार र जनमुखी एजेन्डाका साथ निर्वाचन अभियानलाई थप तीव्र बनाइने पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…