रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, पालन गर्नुपर्नेछ यी तीन शर्त
तेस्रो शर्तमा उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी तथा सम्भावित बिगोको दामासाही रकम बराबरको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने उल्लेख गरेको छ। यद्यपि लामिछानेले सो बैंक ग्यारेन्टी प्रारम्भमै पेश गरिसकेकाले यसलाई नयाँ शर्तका रूपमा अघि बढाइएको देखिँदैन।

२०८२ पुस ३ बिहीबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बुटबल। उच्च अदालत, बुटबलले बिहीबार सञ्चारकर्मी रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले तीनवटा शर्त तोक्दै ती शर्त पूरा भएपछि मात्रै थुनामुक्त गर्न आदेश दिएको हो।
अदालतले पहिलो शर्तका रूपमा लामिछानेले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि विदेश यात्रा गर्नुपर्ने भए अदालतलाई पूर्व जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। आदेशअनुसार विदेश जानुअघि अदालतको अनुमति लिनुपर्नेछ।
दोस्रो शर्तअनुसार, मुद्दाको अन्तिम फैसला हुँदा थप बिगो वा जरिवाना तिर्नुपर्ने अवस्था आएमा त्यसलाई तिर्न–बुझाउन तयार रहेको कागज पेश गर्नुपर्नेछ। आदेशमा भनिएको छ, “अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सिर्जना भएमा तिर्न बुझाउन मञ्जुर भएको कागज गराउनू।”
तेस्रो शर्तमा उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी तथा सम्भावित बिगोको दामासाही रकम बराबरको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने उल्लेख गरेको छ। यद्यपि लामिछानेले सो बैंक ग्यारेन्टी प्रारम्भमै पेश गरिसकेकाले यसलाई नयाँ शर्तका रूपमा अघि बढाइएको देखिँदैन।
अब जिल्ला अदालतले पेश भइसकेको बैंक ग्यारेन्टी रुजु गरी रवि लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…