बर्षौदेखि कर्मचारीविहिन रहेको कमला नपाको पशु सेवा शाखामा यादव हाजिर, चाँडै पशुसेवा सुचारु हुँदै
कार्यभार सम्हालेपछि यादवले कमला नगरपालिकामा चाँडै पशुहरुको कृति गर्भाधारणसहित विभिन्न रोग प्रतिरोधात्मक भ्याक्सीनेशन समेत सुरु हुने बताए । कर्मचारी नहुँदा कमला नगरपालिकाको यी सेवाहरु ठप्प रहँदै आएको थियो ।

२०८२ पुस १ मंगलबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरापालिकाको पशु सेवा शाखा कर्मचारीविहिन रहँदै आएकोमा सो शाखामा कर्मचारी हाजिर भएका छन् ।
विगत तीन बर्षदेखि कर्मचारीविहिन रहेको कमला नगरपालिकाको पशु सेवा शाखामा कर्मचारी रविन्द्र कुमार यादव हाजिर भएका छन् । सोमबार एक समारोहबीच उनलाई कर्मचारीहरुले स्वागत गरेका छन् ।
यादव यसअघि समेत सोही शाखाका कर्मचारी थिए भने उनको सरुवा पशुपन्छि शाखा जनकपुरमा भएपछि कमला नगरपालिकाको पशु सेवा शाखा कर्मचारीविहिन नै रहँदै आएको थियो ।
सोमबार उनलाई नगर प्रमुख विशेश्वर प्रसाद यादव, उपप्रमुख शिला देवी मण्डल, वडा नं. २ का वडाध्यक्ष ठकु यादव, वडा नं. ३ का वडाध्यक्ष रामभगत यादव, वडा नं. २ का वडासदस्य जीतनारायण यादवसहित विभिन्न शाखाका कर्मचारीहरुले उनलाई स्वागत गर्दै विधिवत हाजिर गराई कार्यभार सुम्पेको हो ।
कार्यभार सम्हालेपछि यादवले कमला नगरपालिकामा चाँडै पशुहरुको कृति गर्भाधारणसहित विभिन्न रोग प्रतिरोधात्मक भ्याक्सीनेशन समेत सुरु हुने बताए । कर्मचारी नहुँदा कमला नगरपालिकाको यी सेवाहरु ठप्प रहँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…