मधेशमा थपिए दुई मन्त्री, थप मन्त्रीको बार्गेनिँग पुस ४ गतेपछि
बाँकी रहेका दलबाट मन्त्री बन्नेहरुको नाम भने विश्वासको मत लिएपछि मात्र पक्का हुने सहमति भएको छ । पुस ४ गते तोकिएको मुख्यमन्त्रीको विश्वासको मत लिएपछि बाँकीका मन्त्रीहरुको भागबण्डा हुने सहमति भएको हो ।

२०८२ मंसिर २९ सोमबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारमा रहेका सातै दलको मन्त्रालय बाँडफाँडमा तीन बुँदे तत्काल सहमति भएको छ ।
आज बसेको सत्तारुढ ७ दलिय बैठकबाट तत्काल ७ मध्ये लोसपा नेपाल र नेपाली कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट एक जना मन्त्री सपथ लिएका छन् । लोसपा नेपालबाट रानी शर्मा तिवारी शिक्षामन्त्री र माओवादीका जवाहरलाल कुशवाहा उर्जा, सिँचाई मन्त्रीमा सपथ लिएका छन् ।
बाँकी रहेका दलबाट मन्त्री बन्नेहरुको नाम भने विश्वासको मत लिएपछि मात्र पक्का हुने सहमति भएको छ । पुस ४ गते तोकिएको मुख्यमन्त्रीको विश्वासको मत लिएपछि बाँकीका मन्त्रीहरुको भागबण्डा हुने सहमति भएको हो ।
आउँदो पुस ४ गते मुख्यमन्त्री कृष्णा प्रसाद यादवले विश्वासको मत लिएपछि बाँकी दलबाट मन्त्रीहरुको नाम सिफारिस हुने तथा मन्त्रालय तोकिने सहमति भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…