जेनजी सरकार देशमा चुनाव नगराउने षडयन्त्रमा लागेको छः प्रभु साह
पछिल्लो मन्त्रिपरिषद् विस्तार स्वार्थ समूहको प्रभावमा भएको र विज्ञताविपरीत नियुक्ति दिइएको भन्दै उनले आलोचना गरे । साहले सरकार जेनजी आन्दोलनको भावनाविपरीत चलेको र भ्रष्टाचारको अन्त्य तथा सुशासनको मागलाई सम्बोधन गर्न नसकेको आरोप पनि लगाए । उनले सरकार र जेन–जीहरूबिच भएको पछिल्लो सम्झौतालाई ‘धोकाको दस्तावेज’को संज्ञा दिए ।

२०८२ मंसिर २८ आइतबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकार निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
उनले नेकपा एमालेको केपी ओली समूह र नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह प्रतिनिधिसभा पूनःस्थापनाको तानाबाना बुन्दै चुनावबाट भाग्न खोजेको र प्रधानमन्त्री कार्की पनि उनीहरूकै सहयोगी बन्न खोजेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंको गैरीगाउँमा आयोजित ‘संसद् पूनःस्थापनाको षड्यन्त्र रोक्न’ विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै साहले सरकार बनेको तीन महिनापछि पनि मन्त्रिपरिषद् विस्तारको नाटक मञ्चन गरेर २१ फागुनमा हुने भनिएको निर्वाचन नगराउने प्रपञ्च रचिएको बताए ।
पछिल्लो मन्त्रिपरिषद् विस्तार स्वार्थ समूहको प्रभावमा भएको र विज्ञताविपरीत नियुक्ति दिइएको भन्दै उनले आलोचना गरे । साहले सरकार जेनजी आन्दोलनको भावनाविपरीत चलेको र भ्रष्टाचारको अन्त्य तथा सुशासनको मागलाई सम्बोधन गर्न नसकेको आरोप पनि लगाए । उनले सरकार र जेन–जीहरूबिच भएको पछिल्लो सम्झौतालाई ‘धोकाको दस्तावेज’को संज्ञा दिए ।
साहले निर्दलीय सरकारमा बसेर दल खोल्ने र सरकारी साधन–स्रोतको दुरुपयोग गरेको भन्दै मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्नसमेत माग गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…