ठाकुरसँग अल्लगिएका पार्टीहरु पुनः ठाकुरसँगै, लोसपा, जप्रपा र तमलोपा एकीकृत
विज्ञप्तिमा मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सिमान्तीकृत समुदायका राजनीतिक शक्ति र व्यक्तिहरूलाई पनि एकतालाई साथ दिन आह्वान गरिएको छ। विगतमा राजपाबाट अलग भएका त्रिपाठी, लाललगायत नेताहरू फेरि ठाकुरसंगै आइसकेका छन्।

२०८२ मंसिर २५ बिहीबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका तीन राजनीतिक दल—लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल, जनता प्रगतिशील पार्टी ९जप्रपा० र तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) एकीकृत हुने घोषणा गरेका छन्।
बुधबार जारी संयुक्त विज्ञप्तिमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले देशमा उत्पन्न राजनीतिक जटिलता, भ्रष्टाचार र बेथितिको अन्त्यका लागि ताजा जनादेश नै विकल्प भएको भन्दै एकताको निर्णय सार्वजनिक गरेका हुन्।
नयाँ एकीकृत पार्टीको नाम लोसपा नेपाल नै रहनेछ र ठाकुर अध्यक्ष बन्ने सहमति भएको छ। शक्तिशाली कार्य सम्पादन समिति तथा राजनीतिक समिति गठन गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सिमान्तीकृत समुदायका राजनीतिक शक्ति र व्यक्तिहरूलाई पनि एकतालाई साथ दिन आह्वान गरिएको छ। विगतमा राजपाबाट अलग भएका त्रिपाठी, लाललगायत नेताहरू फेरि ठाकुरसंगै आइसकेका छन्।
तर जनमत पार्टी र जसपा नेपाल यसप्रति उत्सुक देखिएका छैनन्। मधेशमा विभाजित शक्तिहरू एकतामा जोड दिन थाले पनि दीर्घकालीन स्थायित्वबारे प्रश्न उठ्न थालेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…