धनुषाको जटही नाकाबाट काजु तस्करी, एक सातामै २४०० किलो अवैद्य काजु बरामद
डिएसपी शर्माको एरियामा एक साताभित्रै पटक पटक भारी मात्रामा अवैद्य काजु बरामद भएपछि उनलाई सोधपुछको लागि बाहिणी तानिएको हो । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिणीमा तानेर उनलाई सोधपुछ भईरहेको स्रोतको दाबी छ ।

२०८२ मंसिर २३ मंगलबार, बेलुकी ६:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मुख्य नाका रहेको जटहीबाट एक सातामै २४०० बढी किलो अबैद्य काजु बरामद गरिएको छ । प्रस्तावित गण गुल्म जटहीको करिब ३०० मिटरको दुरीबाट अवैद्य काजु बरामद भएको हो ।
भारतबाट नेपाल भित्र्याइएका सो परिमाणको अबैद्य काजु ८ नं. गणबाट खटेको टोलीले बरामद गरेको हो । गत मँसिर १५ गते बिओपी जटहीदेखि करिब ३०० मिटरको दुरीमा एक गोदामबाट १३७० किलो काजु बरामद गरिएको थियो । सशस्त्र प्रहरी धनुषा ८ नं. गणबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा सो काजु बरामद गरेको थियो ।
एक साता नबित्दै मँसिर २२ गते पुनः डिएसपी शर्मा ईन्चार्ज रहेको प्रस्तावित गुल्म जटहीबाट एक साताभित्रै दुई पटक भारी मात्रामा अबैद्य काजु बरामद भएपछि उनकै सेटिँगमा भारतबाट काजु भित्रिएको बताईएको छ ।
सशस्त्र प्रहरीको कडा गस्ती रहेको धनुषाको मुख्य नाका जटहीबाट रातोरात भारी मात्रामा अवैद्य काजु बरामद भएपछि डिएसपी शर्माको नेतृतवमाथि प्रश्नचिन्ह उठेको छ । मँसिर १५ गते मात्र १३७० किलो अवैद्य काजु बरामद भएपछि उनको नियतमाथि शंका गरिएको थियो ।
जनकपुरमा रहेको ८ नं. गण (हेडक्वाटर) लाई थाहा हुने तर करिब ३०० मिटरको मात्र दुरीमा रहेको बिओपी ईन्चार्जलाई थाहा नहुने ? भन्नेमा नैतिक प्रश्न उठेको थियो । त्यसको ठ्याक्कै एक सातापछि मँसिर २२ मा पुनः १०५० किलो अवैद्य काजु सोही स्थानबाट बरामद भएपछि उनलाई बाहिणी तानिएको छ ।
डिएसपी शर्माको एरियामा एक साताभित्रै पटक पटक भारी मात्रामा अवैद्य काजु बरामद भएपछि उनलाई सोधपुछको लागि बाहिणी तानिएको हो । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिणीमा तानेर उनलाई सोधपुछ भईरहेको स्रोतको दाबी छ ।
प्रस्तावित गुल्म जटहीका डिएसपी तेजराज शर्मा डिएसपी शर्मा आएको ५ महिनाको कार्यकालमा जटही नाकाबाट लत्ताकपडा, किरानाका समान, हार्डवेयरका समान, घरायसी समानहरु तस्करीको जालोलाई झन मजबुत गरिएको गुनासो स्थानीयहरुको पनि छ । उनको एरियाबाटै २४०० बढी किलो अवैद्य काजु बरामद हुनु र डिएसपी शर्मालाई थाहा नहुनुमा शंका उब्जिएको छ । उनलाई सोही कारण बाहिणी तानिएको हो ।
जटही र फुलगामासम्म डिएसपी शर्माको मिलोमत्तोमै तस्करीका समानहरु स्टोर गर्ने गरिएको स्रोत बताउँछन् । जनकपुर बजारमा माग अनुसारको समान तस्करीको लागि केही तस्करहरु, व्यापारीहरु सक्रिय रहेका छन् ।
जटही नाकाबाट लत्ताकपडा तस्करीमा सुल्तान, नईम, बिरु र नरेश रहेका छन् । सोही नाकाबाट उमेश र रँजीतले हार्डवेयरसहित खाद्यान्नहरु तस्करी गर्दै आएका छन् । उनीहरुसँग डिएसपी शर्माको कनेक्सनले करोडौँको अवैद्य समान भित्रिरहेको दाबी छ ।
यस सन्दर्भमा डिएसपी शर्माले काजु बरामद भएको स्वीकार गर्दै आफ्नो कुनै सेटिँग वा संलग्नता नरहेको भन्दै आरोप खण्डन गरे । उनले आफ्नो एरियाबाट बरामद हुनुको अर्थ मेरो संलग्नता नै हो भनेर भन्न नसकिने बताए । उनले बोर्डरमा कडाई गरेको बताए ।
यस सन्दर्भमा सशस्त्र प्रहरी बल केन्द्रका अपरेशनल विभागका डिएसपी सुदिप रेग्मीले दुई पटक काजु समातिएको पुष्टि गरे । उनले पटक पटक काजु समातिएको र कसरी भित्रिएको सन्दर्भमा आफूलाई थाहा नभएको बताए । उनले आफू काठमान्डौँमा रहेकोले धनुषाको कुरा थाहा नभएको बताए । यद्यपी, काजु समातिएको पुष्टि गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…