एमाले सरकारले गरेको युवालाई २ हजार दिने निर्णयसहित अन्य निर्णय बदर
मन्त्रिपरिषद्‌ बैठकले मधेश प्रदेश प्राकृतिक प्रकोपको जोखिममा रहेको उल्लेख गर्दै आउने चिसो छल्को (शीतलहर) र सम्भावित आगलागीबाट प्रदेशवासीलाई सुरक्षित राख्न विपद्‌ पूर्वतयारीका कार्य थालनी गर्न निर्देशन दिएको छ। यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयलाई सुरक्षा निकायसँग समन्वय गर्दै कार्य अघि बढाउन भनिएको छ।

२०८२ मंसिर २१ आइतबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पूर्वमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गरेको सबै सरुवा र काज बदर गर्ने निर्णय गरेको छ। विना विभागीय मन्त्री कनिष पट्टलेका अनुसार सो निर्णय आज बसेको बैठकले गरेको हो।
बैठकले उद्योग मन्त्रालयका सचिव जयकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरी निमित्त प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ।
यसैगरी क्यान्सर, मृगौला र मुटु रोगीलाई प्रदेश सरकारबाट प्रदान हुँदै आएको आर्थिक सहायता निरन्तरता दिने तथा आवश्यक परे अपुग रकम अर्थ मन्त्रालयबाट व्यवस्था मिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रकमान्तर गर्ने निर्णय गरिएको मन्त्री पट्टलेले बताए।
मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश प्राकृतिक प्रकोपको जोखिममा रहेको उल्लेख गर्दै आउने चिसो छल्को (शीतलहर) र सम्भावित आगलागीबाट प्रदेशवासीलाई सुरक्षित राख्न विपद् पूर्वतयारीका कार्य थालनी गर्न निर्देशन दिएको छ। यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयलाई सुरक्षा निकायसँग समन्वय गर्दै कार्य अघि बढाउन भनिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…