न्यूज ब्यूरो, जनकपुरधाम । किसानको खेती सजिलो बनाउन धनौजी गाँउपालिकामा ५० प्रतिशत अनुदानमा गहुँ बीउ उपलब्ध गराएका छन्।
गाउँपालिकामा किसानहरूको उत्पादन वृद्धि र कृषि प्रवर्द्धनलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण कार्यक्रम सुरु भएका छन्।
स्थानीय सरकार तथा सम्बन्धित निकायले किसानलाई आवश्यक प्राविधिक सहयोग तथा जानकारी पनि उपलब्ध गराउने जनाएको छ। अनुदानमा बीउ वितरणसँगै किसानको खर्च घट्ने र खेतीमा उत्साह बढ्ने विश्वास लिइएको छ।
कृषि विकास शाखाको व्यवस्थापनमा सञ्चालन गरिने बीउ वितरण तोकिएको मिति, समय र स्थानअनुसार पाँचै वडामा चरणबद्ध रूपमा हुने जनाइएको छ।
किसानहरूले बीउ लिन जाँदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा फारम भरेको रसिद साथमा अनिवार्य रूपमा लैजानुपर्नेछ।
गहुँ बीउ वितरणलाई छिटो, सहज र व्यवस्थित बनाउन धनौजी गाउँपालिका पाँचौ वडाका वडा अध्यक्षको सक्रिय पहल, साथै गाउँपालिका अध्यक्ष राज कुमार साह र प्रशासकीय अधिकृत राज कुमार दासको समन्वयकारी भूमिका निर्णायक साबित भएको बताइएको छ। स्थानीय तहका जिम्मेवार व्यक्तिहरूबीचको समन्वयले किसानलाई सेवा प्रदान गर्दा हुने झन्झट कम भएको किसानहरूको भनाइ छ।
गहुँ खेतीलाई प्रोत्साहन दिने उद्देश्यले गरिएको यो गाउँपालिकाको कृषि विकास अभियानको महत्वपूर्ण हिस्सा भएको प्रशासकीय अधिकृत राज कुमार दासले बताइएका छन्।
गाउँपालिकाले तोकिएको समयमा उपस्थित भई बीउ प्राप्त गर्न किसानहरूलाई आग्रह गरेका छन्।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८२ मङ्सिर २० शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्









..jpeg)
