नेपाली कम्युनिस्ट पार्टीले २० गते जनकपुरमा सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा बिशाल एकता सन्देश सभा आयोजना गर्ने भएको छ। १७ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा सभा गर्न लागेको हो। नेकपाका नेता महेन्द्र राय यादवका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण तथा फागुन २१ गते हुने प्रति

२०८२ मंसिर १६ मंगलबार, राति ८:४२ बजे१ मिनेट पढाइ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २० गते जनकपुरधाममा बिशाल एकता सन्देश सभा आयोजना गर्ने भएको छ। १७ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा सभा गर्न लागेको हो।
नेकपाका नेता महेन्द्र राय यादवका अनुसार पार्टीको संगठनात्मक सुदृढीकरण तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन को तयारीस्वरूप देशका विभिन्न प्रदेशहरूमा शीर्ष नेताहरू सहभागी हुने गरी सन्देश सभा आयोजना हुँदै आएको छ। सोही क्रममा जनकपुरधाममा हुने सन्देश सभाले पार्टी एकता प्रक्रियालाई थप मजबुत बनाउने उनले बताए।
उनका अनुसार सन्देश सभामार्फत एकताको सन्देश फैलाउने, आगामी निर्वाचनका लागि तयारी जुटेको देखाउने र कार्यकर्तामा उत्साह जगाउने उद्देश्य राखिएको छ।
मधेश प्रदेशका ८ वटै जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी भएको छ। सभामा ४० हजारभन्दा बढी सहभागिता हुने नेकपाले अनुमान गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…