न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक गरिब परिवारलाई एक बहुसँख्यक परिवारले ज्यादती गरेको घटना बाहिरिएको छ ।
धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नं. ११ डुमरिया बस्ने टुनु ठाकुरको घरमा सोही स्थान बस्ने हेडमास्टर समेत रहेका शम्भु यादवले डोजर चलाएर उठीवास गराएको घटना बाहिरिएको छ ।
गाउँ ब्लकको जग्गामा विगत २५ बर्षदेखि भोगचलन गर्दै आएका टुनु ठाकुरलाई जमिन जबरदस्ती आफूलाई दिन दबाब दिदै आएकोमा नदिएपछि उनले बाहिरबाट मान्छेहरु मगाएर डोजर चलाइदिएको गुनासो पीडित परिवारले पोखेका छन् ।
टुनु ठाकुरको पछाडी शम्भु यादवको जमिन रहेकोमा टुनुलाई अगाडीको जग्गा जबरदस्ती आफूलाई दिनको लागि दबाब दिँदै आएका थिए । आफू बहुसँख्यक हुँ भनेर धाक धम्की दिँदै जमिन नदिए घर भत्काइदिने धम्की दिँदै आएका शम्भुले आफ्नो जातबालाहरुको मास मगाएर उनको घर भत्काइदिएको आरोप लगाएका छन् ।

गत शनिबार मास्क लगाएर शहिदनगरको बघवनबाट गएका केही मानिसहरु समेतको समूहले ठाकुरको घरमा बलपूर्वक डोजर चलाएको थियो । हारगुहार गर्दा पनि कसैले उनलाई बचाएनन् । डोजर चल्दा घरमै बाँधिएको दुई बाख्राको पाठो समेत मरेको टुनु ठाकुरकी श्रीमति बताउँछिन् ।
शम्भु यादवले विभिन्न गाउँबाट आफ्ना मान्छेहरु बोलाएका थिए । आफ्ना जातबालाहरुलाई बोलाएर घर तोडन लगाएको आरोप पीडित परिवारको छ । धनुषाको रघुनाथपुरस्थित विद्यालयमा हेडमास्टर रहेका शम्भु यादवले ठाकुर परिवारलाई उठीवास गराएको आरोप छ ।
ठाकुर परिवार अहिले त्रिपालमुनि रातभरि ८ जना परिवारसँग वास बस्न बाध्य भएका छन् । अहिले चिसो मौसममा घरबार बिहिन हुँदा ठाकुरको पुरै परिवार बिचल्लीमा परेका छन। न खाने अन्न छ न लगाउने लुगा, न सुत्न घर नै छन् । उनले समाजिक न्यायको लागि सबै पक्षसँग आग्रह गरिन् ।
यता, हेडमास्टर शम्भु यादवलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् । जानकारी अनुसार, उनी त्यहाँबाट अर्कै ठाउँमा गएका हुन् ।
सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर २७ लाख असुलेको आरोप, महिला पुर्पक्षका लागि जेल चलान
- २०८२ मङ्सिर ९ सोमबार
न्यूज ब्यूरो, काठमाडौं । उच्च तहका सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर धम्की दिँदै २७ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन् । कारागार चलान हुनेमा रामेछाप घर
पूरा पढ्नुहोस्

