मधेश प्रदेश संसद भवनमा धकेलाधकेल, जनमतका साँसद यादवलाई हातपात, केही भित्रै बन्धक
घटनापछि सभामुखको सचिवालय बाहिर प्रहरीले बाहिरबाट ताल्चा लगाइदिएको छ भने सचिवालयका कर्मचारीले बत्ती बन्द गरेका छन्। भित्र रहेका सात दलका सांसदहरू बन्धकसरह रहेको स्रोतले जनाएका छन्।

२०८२ कार्तिक २७ बिहीबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावपछि प्रदेशसभाभित्र तनावपूर्ण स्थिति सिर्जना भएको छ। सभामुख मण्डल र नेकपा ९एमाले० सांसदहरूले सातदलीय गठबन्धनका सांसदमाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेको छ।
अविश्वास प्रस्ताव दर्ता गर्न पुगेका सात दलका सांसद र सभामुख मण्डलको बचाउमा उत्रिएका एमाले नेता–कार्यकर्ताबीच तीव्र धकेलाधकेल र टकराव भएको हो। सो क्रममा सभामुख मण्डलले आफ्नै सचिवालयभित्र लोसपाका सांसद उपेन्द्र महतो, जनमत पार्टीका सांसद महेश यादव र राजकुमार गुप्तामाथि समेत हात उठाएको जनाइएको छ।
सांसद गुप्ताले भने, “सभामुख स्वयं गुण्डागर्दी शैलीमा प्रस्तुत भएका छन्। हामी सांसदहरूलाई सचिवालयभित्रै थुनेर दुर्व्यवहार गरियो,” भन्ने आरोप लगाए।
घटनापछि सभामुखको सचिवालय बाहिर प्रहरीले बाहिरबाट ताल्चा लगाइदिएको छ भने सचिवालयका कर्मचारीले बत्ती बन्द गरेका छन्। भित्र रहेका सात दलका सांसदहरू बन्धकसरह रहेको स्रोतले जनाएका छन्।
यसबीच, थुनिएका सांसदहरूलाई बाहिर निकाल्न तथा थप व्यक्तिहरू भित्र प्रवेश गर्न नदिन थप सुरक्षाकर्मी पठाइएको छ। प्रदेशसभाभित्र अहिले पनि सात दलका नेता–कार्यकर्ता र सभामुख पक्षबीच चर्काचर्की र धकेलाधकेल जारी रहेको बताइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…