विपी स्मृति दिवसमा नेविसंघ धनुषाद्धारा वृद्धाश्रममा खाद्यान्न वितरण
न्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । विपी कोरालको ३६ औ स्मृति दिवस को अवशर पारेर नेवी संघ धनुषा ले जानकी बृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन । नेवी संघ धनुषाका जिल्ला अध्यक्ष सुजीत कुमार को नेतृत्वमा आज वृद्धाश्रममा १५ हजार बराबर को सातु, ग्लूकोज, श्याउ, पाऊरोटी, भुजिया, डालमोड, मूंगदाल सहितका खाद्य

२०७५ साउन ८ मंगलबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ साउन । विपी कोरालको ३६ औ स्मृति दिवस को अवशर पारेर नेवी संघ धनुषा ले जानकी बृद्धाश्रममा खाद्यान्न वितरण गरेका छन ।
नेवी संघ धनुषाका जिल्ला अध्यक्ष सुजीत कुमार को नेतृत्वमा आज वृद्धाश्रममा १५ हजार बराबर को सातु, ग्लूकोज, श्याउ, पाऊरोटी, भुजिया, डालमोड, मूंगदाल सहितका खाद्यान्न सामग्रीहरू बितरण गरेका छन ।
यस भन्दा अघि नेविसंघ त्रिदिवसीय कार्यक्रम अंतर्गत रक्तदान र वृक्षा रोपण कार्यक्रम सम्पन्न गरी सकेका छन ।
नेविसंघ धनुषाले प्रत्येक वर्ष वीपी स्मृति दिवशको अवशरपारेर यस प्रकारको कार्यक्रमहरु गर्दै आएको नेवी संघ धनुषाका जिल्ला अध्यक्ष सुजीत मिश्रले संचारकर्मिलाई जानकारी दिए ।
वीबी स्मृति दिवस को अवशरपारेर दुइ दिन पूर्व इकाई कमितिको तत्वाधानमा राराव क्यपस जनकपुरधाममा वृक्षारोपण गरे र नेवी संघ नागरिको अगुवाईमा पीडारी चौकमा रक्तदान कार्यक्रम सम्पन्न यस अघि नै भई सकेको सुजीत ले बताए ।
सुजितको कुरा मानने हो भने, विपी हाम्रो आदर्श हो र उहांलाई स्मरण गर्दै समाजको सकारात्मक रूपांतरण को लागि यस प्रकारका कार्यक्रम हामी गर्दै आएका छौ प्रशन्न चित मुद्रा मा संचारकर्मि मांझ प्रस्तुत भये ।
कार्यक्रममा तरुण दलका जिल्ला कार्यवाहक सभापति कपिलेस्वर महतो, नेविसंघ केन्द्रीय नेता प्रभस्कार यादव, जिल्ला सदश्य सुनील सुमन, नगर सचिव रवि यादव, जिल्ला सदश्य नवीन यादव, क्याम्पस इकाई सभापति सुजीत कुमार यादव लगायतका युवा विद्यार्थी नेताहरु को उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…