धनुषा हँसपुरको नयाँ अधिकृतमा ओम प्रकाश महतो, प्रशासनिक बेतिथि हटाउने प्रतिवद्धता
उनले हँसपुर नगरपालिकामा यसअघि देखिएका प्रशासनिक बेतिथिलाई ट्रयाकमा ल्याउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा उमेयर, लेखा अधिकृत सँजीव कुमार महतो लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए ।

२०८२ कार्तिक २५ मंगलबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको नयाँ अधिकृतमा उपसचिव ओम प्रकाश महतो (साह) कार्यभार सम्हालेका छन् ।
सोमबार एक कार्यक्रमबीच अधिकृत महतो हाजिर भएका हुन् । सोमबार दिउँसो उनलाई नगर प्रमुख प्रदीप यादवले उनलाई हाजिर गराएको हो ।
यसअघि धनुषाको कमला नगरपालिकामा समेत कार्य सम्पादन गरिसकेका उपसचिव महतोले हँसपुर नगरपालिकाको जिम्मेवारी सम्हालेका हुन् ।
उनले हँसपुर नगरपालिकामा यसअघि देखिएका प्रशासनिक बेतिथिलाई ट्रयाकमा ल्याउने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा उमेयर, लेखा अधिकृत सँजीव कुमार महतो लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, कर्मचारीहरुले स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…