मधेशमा चोरेर मुख्यमन्त्री बनाएको भन्दै विभिन्न मन्त्रालयमा तालाबन्दी र तोडफोड
सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले चोरबाटोबाट मुख्यमन्त्री बनाएको आरोप छ । भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा लगेर सपथ खुवाएको आरोप लगाउँदै संविधानलाई मिचेर मुख्यमन्त्री बनाएको आरोप लगाइएको छ ।

२०८२ कार्तिक २४ सोमबार, बिहान ११:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा जारी राजनीतिक ट्रयालले समस्या उत्पन्न भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएपछि बाँकीका दलहरु आन्दोलन सुरु गरेका छन् । उनीहरुले बिहानैदेखि मधेश भवन पुगेर विभिन्न मन्त्रालयमा तोडफोडको साथै तालाबन्दी समेत गरेको हो ।
सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले चोरबाटोबाट मुख्यमन्त्री बनाएको आरोप छ । भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा लगेर सपथ खुवाएको आरोप लगाउँदै संविधानलाई मिचेर मुख्यमन्त्री बनाएको आरोप लगाइएको छ ।
विहानैदेखि जसपा नेपाल, लोसपा, माओवादी, जनमत, नेकपा एसका नेता कार्यकर्ताहरुले मधेश भवनमा तालाबन्दी गर्न सुरु गरेका छन् ।
प्रदेश प्रमुखले संबिधानको धारा १६८(२)लाई छलेर (३) मा प्रवेश गरी कानुन विपरित सपथ खुवाएको भन्दै आलोचना भएको छ । यसको विरुद्धमा एमालका नेताहरु समेत रुष्ट भएका छन् भने विरोध जनाएका छन् ।
संविधानको धारा १६८ (४) र (५) अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत प्राप्त गर्न नसके पुनः बहुमतकै आधारमा मुख्यमन्त्री चयन हुने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…