मधेशका मुख्मन्त्री जितेन्द्र सोनलले दिए पदबाट राजीनामा
उनले आजै केही बेरमा राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने पनि बताएका छन् । मुख्यमन्त्री सोनलले सभामुख रामचन्द्र मण्डलले एकलौटी रुपमा आज बैठक सञ्चालन गरेको आरोप लगाएका छन् । सोनलले प्रदेश सभा र संघीयतालाई समाप्त हुने प्रयास भइरहेको आरोप लगाएका छन् ।

२०८२ कार्तिक २२ शनिबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले आजै केही बेरमा राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने पनि बताएका छन् । मुख्यमन्त्री सोनलले सभामुख रामचन्द्र मण्डलले एकलौटी रुपमा आज बैठक सञ्चालन गरेको आरोप लगाएका छन् । सोनलले प्रदेश सभा र संघीयतालाई समाप्त हुने प्रयास भइरहेको आरोप लगाएका छन् ।
त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि प्रदेश सभा बैठक स्थगीत भएको घोषणा गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…